(दैलेख लाई समुन्नत, आत्मनिर्भर अन्तराष्ट्रिय पर्यटनको मुख्य गन्तव्य स्थान बनाउनका लागी “सम्वृद्ध दैलेखको मुल आधार उद्यम, कृषि, पर्यटन र व्यापार” दिर्घ कालीन नारा सफल बनाउन दैलेख महोत्सब २०७३ आयोजना गरिएको छ ।
दैलेख महोत्सब यहि बैशाष १७ देखि २६ गते सम्म सञ्चालन हुदैछ ।
त्यसै अबसरमा महोत्सबको तयारी कहाँ सम्म पुग्यो ? भन्ने विषयमा दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष शान्ती पसाद शर्मा र महासचिव नरेन्द्र थापासंग गरिएको कुराकानी ….)
नाम । 
(शान्तिप्रसाद शर्मा अध्यक्ष दैलेख उद्योग बाणिज्य संघ एवं संयोजक मुल समाहरोह समिति ।
दैलेखमा निजी क्षेत्रले दैलेख महोत्सव २०७३ आयोजना गर्दैछ । अव ३ दिन मात्र बाँकी छ ।
दैलेख उद्योग बाािणज्य संघले पहिलोपटक आफ्नै नेतृत्वमा महोत्सव गर्दै छ । यो महोत्सव उद्योग बाणिज्य संघको मात्र हैन् आम दैलेखी नागरिकहरुको अपनत्वका रुपमा लिएको छु । यहाँका राजनीतिक दल, सभासद, उद्योगी व्यापारि, पत्रकार लगायत आम नागरिक सवैले महोत्सवलाई साथ दिनु भएको छ । महोत्सव उत्साहजनक रुपमा अगाडी बढेको छ । गाउँ –गाउँबाट नागरिकहरु महोत्सव हेर्न आतुर देखिनु भएको छ ।
महोत्सव गर्नुको उद्देश्य के हो ?
मुख्य कुरा त दैलेखलाई चिनाउने अभियानहरु बिगतमा केही मात्रामा भएका छन् यो अभियानलाई निरन्तरता दिनलाई दैलेख उद्योग बाणिज्य संघले सुरुवात गरेको हो । हामीले काठमाण्डौंमा फोटो पर्दशन गरेर दैलेखलाई बिश्वमाझ परिचय गरायौं । विगत तीन चार बर्षदेखि यो क्षेत्र पुनः ओझेलमा परेको जस्तो महसुस भयो र जिल्लाका सबै व्यापारिहरु, राज्यमन्त्री,सभासद, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय निकाय लगायत सबैसँग समन्वय गरेर अभियान सुरु गरेका छौं । हाम्रा केही कमि कमजोरीहरु होलान् तर सबै जिम्मेवार निकायहरुले सल्लाह सुझाव सँगै यो महाअभियानमा साथ दिनुहुने छ भन्नेमा आशा गरेका छौं ।
महोत्सवको मुल उद्धेश्य भनेको दैलेखको परिचय क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय जगत सम्म दिनु हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्नु हो । यहि जगको आधारमा टेकेर दैलेख उद्योग वाणिज्य संघ, दैलेखले पंचवर्षिय रणनीतिक योजना तय गरेको छ । समुन्नत, आत्मनिर्भर अन्तराष्ट्रिय पर्यटनको मुख्य गन्तव्य स्थान आदि बनाउनका लागी “सम्वृद्ध दैलेखका मुल आधार उद्यम, कृषि, पर्यटन र व्यापार” दिर्घ कालीन नारा सफल बनाउन यो महोत्सव आयोजना गरिएको हो ।
महोत्सवबाट बचत भएको रकमले अन्तराष्ट्रिय पर्यटन गन्तव्य स्थान दैलेख बनाउनका लागि पहल गर्न खर्च गरिने छ , सदरमुकाममा सिसि क्यामेरा जडान गर्न, शव वाहन खरिद गर्न, दैलेखका कृषि उपज बस्तुहरु र लद्यु उद्यमीहरुले उत्पादन गरेका बस्तुहरु खरिद बिक्री गर्न संकलन र बिक्री केन्द्र निर्माण गर्नका लागी महोत्सव गर्न थालेका छौं ।
तयारी अन्तिममा पुग्यो ?
सबै तयारी अन्तिममा पुगेको छ । केन्द्रिय कलाकारहरुसँग सम्झौता भैसकेको छ । मुख्य अतिथिको रुपमा सम्माननीय उपराष्ट्रपति ज्यू, हाम्रो जिल्लाको संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती शाही ज्यू, सभासद ज्यूहरु अम्मर बहादुर थापा, ललिता रेग्मी, लक्ष्मी पोखरेल, पूर्व सांसद ज्यूहरु, पूर्व सभासद ज्यूहरु उद्योग बाणिज्य संघको केन्द्रिय टिम, सबै जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष ज्यूहरु आउने पक्का भैसकेको छ । काँडाचौरमा स्टल तयार भैसकेको छ । जिल्ला बिकास समिति र नारायण नगरपालिकाले दिने सहयोगको टुँगो लागि सकेको छ । हरेक कार्यालयका प्रमुख र अन्य कर्मचारीहरुले भिआईपी पास लिन सुरु गरिसक्नु भएको छ । बिभिन्न बजार उप–सिमितिहरुमा साथिहरुले पास बितरण लगायत का कामहरु संचालन भैरहेका छन् । १०१ सदस्य मुल समारोह समिति गठन, स्टे«रिंङ समिती , सचिवालय समिती, उपसमितीहरु गठन भै धमाधम काम सुरु भैरहेका छन् । नारायण नगरपालिकालाई अनुरोध गरेर दैलेखका पंचकोशी क्षेत्रमा बाटोघाटो निर्माण कार्य धमाधम सुरु भएको छ । काँडाचौर मुल गेटमा गिटी बिछ्याउने काम सुरु भएको छ ।
बिगतका महोत्सवहरु र त्यसको सिकाई सँगै अन्य निकायहरु र जिल्लाका प्रतिष्ठित व्यापारिहरु सँग कसरी सल्लाह गर्नुभएको छ ?
निकै सान्र्दभिक कुरा उठाउनु भयो बिगतका महोत्सवहरु नराम्रा भएका छन् भनेर हामिले कहिल्यै भनेका छैनौ बिगतका महोत्सवहरुकै कारण दैलेखको पहिचान बढेको हो । पहिला पहिला काम गर्ने तौर तरिका र अन्य बिभिन्न समस्याहरुले केही सामान्य तलमाथि भएको पक्कै हो तर ति सवै कुराहरुलाई मध्यनजर गर्दै हामिले यसपालिको महोत्सव भव्य र सभ्य बनाउने अभियानमा लागेका हौं । महोत्सवका महत्वपुर्ण कामहरु अतिथिको निमन्त्रणा र काठमाण्डौंमा सरकारको मुख्य प्रतिनिधित्व हुने ठाउँ भएकोले हामिले अलि धेरै समय काठमाण्डौंमा खर्च गर्नुपर्र्यो, त्यसबखत पनि जिल्लामा रहेका बरिष्ठ उपाध्यक्ष लगायतको टोलिले निकै राम्रो काम गरेको छ । जसका कारण महोत्सव सफल हुने पक्का भैसकेको छ । म आफै जिल्लामा आउने वित्तिकै पुनः भेटघाट र छलफललाई बढी महत्वका साथ अगाडी बढाएको छु । जिल्लाका प्रतिष्ठित व्यापारिहरु पुर्व अध्यक्षज्यूहरु लगायतसँग छलफल सँगै अभियानमा हातेमालो गर्ने काम भएको छ । यो दैलेख उद्योग बाणिज्य संघको मात्र दायित्व नभएको कुरा हामिले सवैलाई भनेका छौं र सवैले दैलेख महोत्सव जिल्लाको पहिचानको लागि भएको भन्ने कुरामा एकमत भैसकेकोले महोत्सव निकै ऐतिहाँसिक हुने देखिन्छ ।
चुनौती के छन् ?
महोत्सवको समय दैलेखका लागि केही असामान्य भएको भएपनि सुर्खेत र नेपालगंज लगायतका आन्तरिक पर्यटकहरुका लागि समय निकै उक्तम छ । हावाहुरीले अलिकति समस्या गर्छकी भन्ने मात्र हो त्यसका लागि हामीले व्यवस्थापनको तयारीमा अलि धेरै जोड दिएका छौं ।
महोत्सवलाई कसरी प्रभावकारी बनाउने योजना रहेको छ ?
महोत्सवलाई आर्कषण र प्रभावकारी, जन भावना अनुरुप बनाउन अधिकतम प्रयासमा छौ, जसका लागी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी र सुपथ मुल्यमा खरिद बिक्री तथा पुरस्कार, कृषकहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी पुरस्कार, मासु महोत्सव, पंचकोशी तिर्थ स्थल भ्रमण, हेलिकप्टरबाट रारा भ्रमण, प्यारा ग्लाइडिङ, उडान, रमाइलो मेला आदि रहेका छन् । भने दैलेखका पुराना र लोपउन्मूख दर्जनौं कला सस्कृतिको झाँकी र महोत्सव अवधीभर प्रदर्शन गरिने छ ।
महोत्सव पछिका योजना के छ ?
दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्वीक, प्राकृतिक दृष्टिकोणले नेपालकै तेस्रो धनी जिल्ला हो । नेपाली भाषाको पहिलो शिला लेख, निरन्तर पानीमा आगो बल्ने ज्वाला यस जिल्लामा छ ।
३२ भन्दा बढि जातजातीको उद्गम स्थल पनि हो दैलेख । यसको संरक्षण र प्रवद्र्धन गर्नका लागि वित्तचित्र निर्माण गरी प्रचार गर्ने , फोटो प्रदर्शनी गर्ने, पंचकोशी एकीकृत विकास कोष खोल्न नेपाल सरकारसित अनुरोध गर्ने, होम स्टे संचालन गर्ने, साँस्कृतिक महोत्सवहरु आयोजना गर्ने, संग्राहलय स्थापना गर्ने आदि जस्ता अल्पकालीन, मध्यकाली र दीर्घकालीन योजना रहेका छन ।
अन्यता के भन्न चाहानु हुन्छ ?
यो महोत्सब सफल पार्नको लागी सबै भन्दा ठुलो भुमिका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, जिल्ला विकास समिति दैलेखमा स्थानिय विकास अधिकारी हरि प्याकुरेल को महत्वपूर्ण भुमीका रहेको छ । यस्तै कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीको पनि उत्तीकै सहयोग रहेको छ । प्रहरी प्रमुख, गुल्मपति, नारायण नगरपालीका , घरेलु विकास समिति, सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, राष्ट्रिय अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी निकायहरु, पूर्व अध्यक्ष याम बहादुर मल्ल, मेरो कार्यसमितिका सम्पूर्ण साथीहरु, आम दैलेखी व्यापारी साथीहरु, लगाएत सम्पूर्ण तह र तप्का बाट आएको अमुल्य सुझाव र सल्लाह ले नै दैलेख महोत्सब सफल हुन लागिरहेको छ ।
दैलेख महोत्सब हाम्रो मात्र महोत्सब नभएर समग्र दैलेख जिल्लाकै महोत्सब हो । महोत्सब सफल पार्नको लागि जिल्ला बासी सबैको उत्तीकै दायित्व रहेको छ भन्दै तपाईको पत्रिका मार्फत दैलेख महोत्सबको बारेमा महत्वपूर्ण भनाई राख्ने मौका दिनु भयो त्यसका लागी धन्यवाद दिदै दैलेख जिल्ला को यो महोत्सव सफल पार्न मध्यपश्चिम वासीहरुलाई अवलोकन गर्न चुलै निम्तो दिन चाहान्छु ।
यसैगरि जन्मथलो दैलेख भई कर्मभुमी बाहिर जिल्ला बनाउनु भएका सम्पूर्ण महानुभावहरु लाई पनि महोत्सबको चुलै निम्तो दिन चाहान्छु । यसका साथै नीजि क्षेत्रका सम्पूर्ण मित्रहरुलाई आवश्यक सहयोगका साथै अवलोकन गर्न आमन्त्रण गर्दछु । सबै तह र तप्काबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
साथै सम्पूर्ण सरकारी कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु, सरकारी कार्यालयहरु लगाएत बजार क्षेत्र भित्रका सम्पूर्ण व्यापारी साथीहरु ले स्वागत व्यानर राखी रंगी चङ्गी बनाइदिनु हुन अनुरोध गर्दछु । यसका साथै महोत्सबको यो महत्वपूर्ण घडीमा बजार क्षेत्र भित्र सरसफाई राखेर सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।
धन्यवाद ।







